देवचुली। देवचुली नगरपालिकाले व्यवसाय कर बढाएको भन्दै कर तत्काल नबुझाउन आव्हान गरेको छ। देवचुली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को व्यवसाय कर ५०% देखि ५००% सम्म वृद्धि गरेको भन्दै व्यवसायीहरुलाई कर दर पुनरावलोकन नहुँदा सम्म कर नबुझाउन आव्हान गरेको हो।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडी र महासचिव विनोद सिलवालद्वारा संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा देवचुली नगरपालिका व्यवसायी प्रति अनुत्तरदायी देखिएको महसुस भएको जनाएको छ।
देवचुली उद्योग वाणिज्य संघले हालको विषम परिस्थितिमा सम्पूर्ण व्यवसायीहरुको गुनासो सम्बोधन गर्दै वृद्धि गरिएको करको दर पुनरावलोकन गर्न नगरपालिकासँग अनुरोध गरेको छ।