आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

नवलपुर उद्योग वाणिज्य संघको भवन प्रशासनले भत्कायो

    प्रकाशित २०८० अषाढ २२, शुक्रबार (१ साल अघि)


कावासोती।नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले आज भत्काईदिएको छ । जिल्ला प्रशासनले सुरक्षा निकायको प्रयोग गरी आधिकारिक जानकारी समेत नदिई निरंकुश तानाशाही शैलिमा निर्माण सम्पन्न भवनलाई सुरक्षा निकायको प्रयोग गरी भत्काउने, निर्माणमा प्रयोग गरिएका सामान समेत लैजाने कार्यको नवलपुर उद्योग वाणिज्य संघको अध्यक्ष र महासचिवद्धारा जारी संयुक्त प्रेस विज्ञप्ति मार्फत भत्सर्ना तथा निन्दा गरेको छ ।

नवलपुर उद्योग वाणिज्य संघले कावासोती-३, राममन्दिर क्षेत्र भित्र २०७६ सालमा कार्यालय स्थापना गर्न केही क्षेत्र तार पोल गरी टिनको छानो लगाउने कार्य सम्पन्न गरेको थियो। २०७८ साल पौष २२ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले नवलपुर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेता पनि स्थान नतोकिदिदा भवन निर्माण कार्य अन्योलमा परेकाले दलहरुको सहमतिमा अर्को व्यवस्था नहुँदा सम्म अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा प्रशासनले शक्तिको प्रयोग गरी भवन भत्काईदिएको छ ।

कार्यालयलाई व्यवस्थापन गर्ने विषयमा जिल्लामा रहेका दलका प्रमुख एवम् प्रतिनिधिहरु, संघका पुर्व सल्लाहकारहरु, पूर्व अध्यक्षहरु समेतको संयुक्त बैठक बसी जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गई अर्को व्यवस्था नहुँदासम्मका लागि नवलपुर उद्योग वाणिज्य संघलाई अस्थायी रुपमा कार्यालय संचालन गराउनका लागि अनुरोध समेत भएको, वार्ता र संवादको माध्यमबाट समस्यालाई समाधान गर्ने दलले गरेको आग्रहलाई समेत प्रशासनले उपेक्षा गरेको छ ।

प्रेस विज्ञप्ति मार्फत प्रशासनले आफ्नो बल प्रयोग गरी ज्याजतिपूर्ण रुपमा गरिएको यस्तो गैह्र न्यायिक कार्यको यथासक्य जग्गा व्यवस्थापन गर्ने, भवन निर्माण गर्ने, भत्काईएको भवनको पूर्ण रुपमा क्षतिपुर्तिको व्यवस्थापन गर्न जोडदार माग गर्दै समस्या सामधान नभएमा चरणबद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार जिल्ला प्रशासन कार्यालय हुने समेत प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Write your Comment