देवचुली। देवचुलीमा ८१ जना विद्यार्थीले मात्र ३.६ देखि ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसईई २०७९ को नतिजामा देवचुली नगरपालिकाबाट सहभागी १ हजार ९८ विद्यार्थीमध्ये ८१ जनाले ३.६ देखि ४ जीपीए ल्याएका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या २०१ रहेको नगरपालिकाले जनाएको छ। २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या २२३ रहेको छ। २.४ देखि २.८ जीपीए ल्याउने संख्या २४६ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या २३२ रहेको छ। यस्तै १.६ देखि २ ल्याउनेको संख्या ९४ र १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या १९ रहेको ढकालले जनाउनुभयो।
देवचुलीबाट १ हजार ९८ जना एसईई परीक्षार्थीले भाग लिएका थिए।