देवचुली। देवचुली नगरपालिका वडा नम्बर १ मा वृक्षारोपण सम्पन्न भएको छ।शान्ति सिर्जना विकास स्रोत केन्द्रको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो।मुकुण्डे खोलाबाट हुने क्षति न्यूनीकरण तथा जैविक तटबन्धन गर्ने उद्देश्यले देवचुली खेलमैदान वरिपरि वृक्षारोपण गरिएको देवचुली-१ का वडा सदस्य अजय थनेतले जानकारी दिए।
वृक्षारोपण कार्यक्रममा शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे, देवचुली-१ का वडा सदस्य अजय थनेत,शिसवार मध्यवर्ती उपभोक्ता समितिका सचिव मनहरी शर्मा पौडेल , चितवन राष्ट्रिय निकुन्जका प्रतिनिधि ,नेपाली सेना र शान्ति सिर्जना विकास स्रोत केन्द्रका सक्रिय युवाहरुको सहभागिता रहेको थियो। खोला किनारमा बाँसका बिरुवाहरु रोपिएको आयोजकले जनाएको छ।