आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

पूर्वपश्चिम राजमार्ग : काम तीव्र गर्न देवचुलीका नगरप्रमुखको निर्माण कम्पनीलाई ध्यानाकर्षण

    प्रकाशित २०८० अषाढ १०, आईतबार (१ साल अघि)


देवचुली।पूर्व पश्चिम राजमार्गको बाटो निर्माण प्रति देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले चासो राख्नुभएको छ। शनिबार निर्माण कम्पनी र एडिबीका प्रतिनिधिलाई कार्यालयमा बोलाई निर्माण कार्यमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराउनुभएको हो।

नगर प्रमुख न्यौपानेले बाटोको कामलाई तिव्रता दिनुपर्ने, वर्षाको कारणले बाटोमा हुने खाल्डाखुल्डी साथै हिलोको व्यवस्थापनका लागि तत्कालै काम गर्न ध्यानाकर्षण गराउनु भएको हो। वर्षातको समयमा देवचुली खण्डमा सर्वसाधारणलाई यात्रा गर्दा बाटो अवरोध नहुने गरि व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभएको थियो।

निर्माण कम्पनीका प्रतिनिधिले देवचुली खण्डमा भएका खाल्डाखुल्डी पुर्ने र बाटो अवरोध नहुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। देवचुलीको रजहर क्षेत्रबाट सडकमा कालोपत्रको काम सुरु गरिएको बताउँदै देवचुली खण्डमा प्राथमिकता दिई काम गर्ने उनीहरूले बताए ।

Write your Comment