आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिका नगरसभा: श्रम बैंक स्थापना गर्दै राेजगार सिर्जना गर्ने नगरकाे नीति

    प्रकाशित २०८० अषाढ ८, शुक्रबार (१ साल अघि)


देवचुली। नवलपुरकाे देवचुली नगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएको छ। नगरपालिकाकाे आज बसेकाे दाेस्राे नगरसभाकाे तेस्रो अधिवेशनमा नगर प्रमुख हरिप्रसाद न्याैपानेले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम बैंक स्थापना गर्ने बताउनुभएकाे हाे। नगर क्षेत्र भित्रका श्रमिकको अनुभव ,दक्षता ,सीप , ज्ञान सहित व्यक्तिगत विवरण समेटी अभिलेख अध्यावधिक गरि नगरपालिका श्रम बैंक स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

श्रम बैंकमा आवद्धहरुलाई नगर भित्रका विभिन्न प्रकारका क्षेत्रमा राेजगारीकाे अवसर प्रदान गरिने जनाईएकाे छ।आर्थिक विकास तर्फ राेजगारलाई जाेड्न “नगर प्रमुखसँग युवा,कृषक र उधमी कार्यक्रम ” संचालन गर्ने नगरले नीति लिएको छ।यस्तै ” युवा उधमशिल विकास कार्यक्रम संचालन कार्यविधि २०८०” तयार गरि लागू गर्ने नगरकाे नीति रहेकाे नगर प्रमुख न्याैपानेले बताउनुभयो ।

Write your Comment