देवचुली। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीका १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउँसो नारायणी नदिमा पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नदिमा डुबेर बेपत्ता भएका बालकको खोजी भईरहेको छ ।