देवचुली।देवचुली नगरपालिकामा नगरस्तरीय कक्षा ५ को स्तरीकृत परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार देवचुली नगरपालिकाले कक्षा ५ को स्तरीकृत परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको नतिजामा ४ जना विद्यार्थीले ४ जि.पि.ए,२४ जना विद्यार्थीले ३.६-३.९९ जि.पि.ए, ८४ जना विद्यार्थीले ३.२-३.५९ जि.पि.ए,१६१ जना विद्यार्थीले २.८-३.१९ जि.पि.ए, १९६ जना विद्यार्थीले २.४-२.७९ जि.पि.ए , २४० जना विद्यार्थीको २.०-२.३९ जि.पि.ए र १२६ जना विद्यार्थीले १.६०-१.९९ जि.पि.ए प्राप्त गरेको देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो ।नतिजामा ४ जि.पि.ए ल्याउने मध्ये ३ जना सामुदायिक विद्यालयका र १ जना संस्थागत विद्यालयका विद्यार्थी हुन् ।सामुदायिक विद्यालयबाट भीमसेन आदर्श माध्यमिक विद्यालयका २ जना, र नेपाल नमुना माध्यमिक विद्यालयका १ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् भने संस्थागत विद्यालयबाट विश्व ज्योति बोर्डिङ स्कुलका १ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् ।
देवचुली नगरपालिकामा रहेका ३४ विद्यालयका १३०१ जना विद्यार्थीहरु कक्षा ५ को स्तरीकृत परीक्षामा सहभागी थिए । चैत्र २७ गते ५ ओटा परीक्षा केन्द्रहरु ( देवचुली मा.वि., नेपाल नमुना मा.वि. , विश्वज्योति मा.वि. , जनज्योति नमुना मा.वि. र भीमसेन आदर्श माध्यमिक विद्यालय ) मा परीक्षा सञ्चालन भएको थियो। परीक्षामा मुख्य ५ विषयहरुको एकिकृत रुपमा १०० पूर्णाकंको प्रश्नपत्र तयार गरिएको नगरपालिकाले जनाएको छ।