नवलपुर।नेकपा (एमाले)ले सञ्चालन गरेकाे मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार )अभियान वडास्तरमा पुगेकाेछ । अभियान अन्तरगत शनिबार देवचुली नगरपालिका वडा न २ मा विस्तारित बैठक सम्पन्न गरेकाे छ । विस्तारित बैठकमा लागि पार्टी केन्द्रबाट अभियान्ताको रुपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्य जमिन्द्रमान घलेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।
वडाकाे विस्तारित बैठकमा बाेल्दै प्रमुख अतिथि जमिन्द्रमान घलेले पाटि पंक्ति र निर्वाचित जनप्रतिनिधिलाई प्रत्यक्ष रुपमा स्थानियकाे समस्या सग जाेडिदै समाधान गर्न निर्देशन दिनुभयाे ।जबसम्म पाटि कमिटी र जनप्रतिनिधि प्रत्यक्षरुपमा स्थानियसँग जोडिदैन तबसम्म पाटि सुदृढ नहुने भएकाले पाटिले ग्रासरुण अभियान संचालन गरेकाे उहाँले बताउनुभयाे ।वडाकाे विस्तारित बैठकमा प्रदेशबाट खटिनु भएका अभियन्ता गाेपेन्द्र केशरी न्याैपाने, जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी र देवचुली नगरपालिकाका जनप्रतिनिधिहरुकाे आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
नवलपुरमा हालसम्म छ वटा पालिकाकाे विस्तारित बैठक सम्पन्न भई सकेकाे छ भने अब अभियानलाई वडा स्तरमा समेत शुरु गरिएकाे छ ।