आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिका सम्बन्धि अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ फागुन २५, बिहिबार (१ साल अघि)


देवचुली । देवचुलीमा हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिकाको सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।क्यान्नलनको सहयोगमा देवचुली वडा नं १० र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा शान्तिदिप युवा क्लब र नवलपुर किशोरी संजालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।शान्तिदीप युवा क्लबको सभाहलमा आयोजित कार्यक्रममा बालबालिका, किशोरी र महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले अनुभव र स्थिति विविध विषयमा छलफल गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट महिला बालबालिका सेलका प्रमुख विन्दु बिकले जिल्लाको महिलासँग सम्वन्धित मुद्धाको तथ्याङ्कगत स्थिति, प्रकृति, मृद्धा निराकरणका प्रक्रिया, चुनौती, समाधान, घटना तथा मुद्धा न्यूनीकरणमा अभिभावकदेखि सामाजिक कार्यकर्ताको भूमिका, स्वभाव, दैनन्दिनी गतिविधिका साथै आधारभूत कानूनी शिक्षाका विषयमा सहजीकरण गरिन् ।बालमैत्री परामर्शदाता खिमानन्द भुसालले महिला सहभागिता, सक्रियता, शिक्षा, अर्थोपार्जन, श्रोतको व्यवस्थापनका साथै सामाजिक घटना र सामान्य पारिवारिक उल्झनको सहजीकरणका विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले आमा समुहले उदेश्य निर्माण र कामहरु बारेमा सहजीकरण गरेका थिए । साथै संस्थाले निर्माण गर्दै गरेको देवचुली १० मा निर्माणधीन किशोरी अध्ययन केन्द्रको उदेश्य र यसको महत्वको बारेमा बताए ।

कार्यक्रममा देवचुली नगरपालिका वडा नं १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै एक दिन मात्र दिवस मनाएर महिला अधिकारको संरक्षण नहुने भएकाले प्रत्येक दिन मनाउनुपर्ने उनले जोड दिए।समाजमा हुने हरेक क्रियाकलापमा आगामी दिनमा पनि महिला दिदीबहिनीहरुलाई आवश्यक सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

देवचुली नगरपालिका वडा नं १० का अध्यक्ष रेप्तीकुमार घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य, जागृति बाल तथा यूवा सरोकार नेपालका महा–सचिव दिपक शर्मा,विभिन्न आमा समुहका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment