नवलपुर।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा देवचुलीमा बाल अधिकार समूहलाई कोष हस्तान्तरण गरेको छ।इन्सेकले आइतबार देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माध्यमिक विद्यालयको बालअधिकार समूहलाई १० हजार रुपियाँ कोष हस्तान्तरण गरेको हो।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सो रकम प्रदान गरिएको हो ।कार्यक्रममा देवचुली वडा न ९ का अध्यक्ष बलिराम सापकोटा र इन्सेकद्वारा देवचुली नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह संयोजक कृष्णबहादुर बिकले विद्यालयलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम बुझ्दै विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले कोषबाट विद्यालयमा बालबालिकाहरूको लागि उनीहरुले नै तयार गरेको कार्ययोजना अनुसारका कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो ।उहाँले प्रतियोगिताहरूमा विद्यार्थीहरू सहभागी हुँदा उनीहरूको आत्मबल बढने भन्दै सहयोगका लागि इन्सेकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा , देवचुली मानव अधिकार समुहका संयोजक कृष्णबहादुर बिक ,विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसाल,विद्यालयको फोकल शिक्षक सीतादेवी पौडेल , बाल अधिकार समूहका सदस्यहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजीकरण नवलपुर जिल्ला सहजकर्ता राजु चापागाईले गर्नुभएको थियो ।