देवचुली। देवचुली नगरपालिकाले मगर एकता दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा ४१ औं मगर एकता दिवसको अवसरमा नगरपालिका भित्र रहेका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिईएको हो।आज बसेको कार्यपालिकाको बैठकले मगर एकता दिवस फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको देवचुली नगरपालिकाले जनाएको छ ।