आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा पशुपालक कृषकहरुका लागि पशुजन्य सामग्री वितरण

    प्रकाशित २०७९ फागुन १२, शुक्रबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका-१४ का पशुपालक कृषकहरूका लागि पशुजन्य सामग्री वितरण गरिएको छ । देवचुली १४ का पशुपालक कृषकहरुका लागि यस आर्थिक बर्षमा समृद्ध पशुपालन कार्यक्रमका लागि विनियोजित रकमबाट डेक्ची,बाल्टी त्रिपाल,ठेलागाडा लगायतका सामग्री वितरण गरिएको हो । देवचुली १४ को आर्थिक सहयोग तथा मिलिजुली पशुपालन समुहको आयोजनामा बिहीवार वडा कार्यालयबाट सो सामग्री कृषकहरुका लागि प्रदान गरिएको देवचुली १४ का वडा सचिव दिनेश न्यौपानेले जानकारी दिए।


मिलिजुली पशुपालन समुहका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षता भएको सामग्री वितरण कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली १४ का अध्यक्ष गोपाल थापा, वडा सदस्यहरु ,टोल सुधार समितिका पदाधिकारी, कृषकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले कृषि पेशामा सम्भावना रहेको र चुनौतीहरुलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। कृषकहरुको उत्पादनलाई बजारीकरण लागि नगरपालिकाले पहल गर्ने साथै आयआर्जनका लागि कृषि पेशामा आबद्ध सबैको संरक्षणका लागि नगरपालिका लागिरहेको उनले बताए। रासायनिक मलको बढ्दो प्रयोगले स्वास्थ्यमा प्रतिकुल असर देखिएको बताउँदै नगर प्रमुख न्यौपानेले अर्गानिक खेती गर्न किसानहरु लाग्नुपर्ने बताए ।


देवचुली १४ का १६७ कृषकहरुका लागि सामग्री वितरण गरिएको देवचुली १४ का अध्यक्ष गोपाल थापाले बताए । कम्तिमा ५ वटा बाख्रा वा १ वटा गाई/भैंसी हुनेलाई सामग्री वितरण गरिएको हो। वडामा ५ वटा देखि माथि बाख्रा पाल्ने ३५ जना,१ देखि १० वटासम्म गाई/भैंसी पाल्ने १०६ जना र फर्म दर्ता गरि पाल्ने २६ जना कृषकहरुलाई उनीहरूकै माग अनुसार सामग्री दिईएको थापाले बताए । वडाले कृषकहरुका लागि विविध कार्यक्रम संचालन गरेको उनको भनाई छ ।

कार्यक्रममा बाख्रा पाल्ने किसानहरुलाई त्रिपाल,थोरै संख्यामा गाई/ भैंसी पाल्नेका लागि बाल्टी,डेक्ची र दर्ता भई संचालनमा रहेका फर्महरुलाई ठेलागाडा बाटालगायतका सामग्री वितरण गरिएको थियो। सो कार्यक्रमको सहजीकरण यदुराज शर्माले गरेका थिए भने भीम काफ्लेको स्वागत मन्तव्य रहेको थियो।

Write your Comment