देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय भलिबल प्रतियोगितामा देवचुली ९, देवचुली ११ र देवचुली १७ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली नगर खेलकुद विकास समिति र देवचुली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा चौथो देवचुली महोत्सव परिसर वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा खेल संचालन भएको हो ।
प्रतियोगिताको मंगलबारको पहिलो खेलमा देवचुली वडा नम्बर १७ ले देवचुली वडा नम्बर ४ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो। सो खेलमा देवचुली वडा नम्बर १७ का देवराज सुस्लिङ्ग म्यानअफ द म्याच घोषित भएका छन्। त्यस्तै दोस्रो खेलमा देवचुली वडा नम्बर ९ ले देवचुली वडा नम्बर १४ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।सो खेलमा देवचुली वडा नम्बर ९ का चन्द्रबहादुर राना म्यानअफ द म्याच घोषित भएका छन्। त्यस्तै तेस्रो खेलमा देवचुली वडा नम्बर ११ ले देवचुली वडा नम्बर १३ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।सो खेलमा देवचुली वडा नम्बर ११ का शान्त ठाडा म्यानअफ द म्याच घोषित भएका छन्।
प्रतियोगितामा देवचुली नगर भित्रका १४ वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद पन्ध्र हजार रुपैयाँ ,दोस्रो हुने टिमले नगद आठ हजार रुपैयाँ र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ पाउने देवचुली नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिए। बुधबार दोस्रो चरण अन्तर्गतको पहिलो खेल देवचुली वडा नम्बर १६( क) र देवचुली वडा नम्बर ५ बिच, दोस्रो खेल देवचुली वडा नम्बर १६ ( ख) र देवचुली वडा नम्बर ७ बिच र तेस्रो खेल देवचुली वडा नम्बर ११ र देवचुली वडा नम्बर १२ बिच हुने आयोजकले जनाएको छ।