आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

    प्रकाशित २०७९ पौष २८, बिहिबार (२ साल अघि)


काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

Write your Comment