नवलपुर।सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेका थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो । सरकारको न्युनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो ।