आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

सुकुम्बासी समस्या समाधान गर्ने पहिलो प्राथमिकता हो : उम्मेदवार पौडेल

    प्रकाशित २०७९ कार्तिक १४, सोमबार (२ साल अघि)


गैंडाकोट। नेपाल कम्युनिस्ट पार्टी (एमाले) नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता रहेको बताएका छन्। गैंडाकोट नगरपालिका वडा नं. १ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा एमालेको सरकार हुँदा बनेको भूमि आयोगले नवलपुरका सबै सुकुम्बासीको तथ्यांक संकलन कार्य पुरिसकेको र एमालेको सरकार आए लगत्तै लालपुर्जा प्रदान गर्ने बताएका छन्।

एमाले जनताको पार्टी रहेको र एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउँदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ६० हजार लालपुर्जा वितरण गरेको पौडेलले बताए। बिचमा आयोग बने पनि काम नभएको र २०७४ सालमा केपि ओलि प्रधानमन्त्री हुँदा देवि ज्ञवालीको अध्यक्षतामा भुमि आयोग गठन गरि काम अगाडि बढाइएको उनले बताए । सबै तथ्यांक संकलन गर्ने र वितरणको तयारीमा हुँदा सरकार ढलेका कारण लालपुर्जा वितरण गर्न नपाएकाले अब नेकपा (एमाले) को सरकार आए लालपुर्जा वितरण गर्ने र यो नै पहिलो प्राथमिकता भएको उम्मेदवार पौडेलले बताएका हुन् ।

Write your Comment