आज:  २०८१ चैत्र २६, मंगलबार | Tue, 08, Apr, 2025 Search
FLASH NEWS

पोखरामा एटिएम मेसिन फोर्ने नवलपुरका २१ वर्षीय अनिष पक्राउ

    प्रकाशित २०७९ भाद्र ६, सोमबार (२ साल अघि)


पोखरा। एटिएम मेसिन फोरेर चोरी गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ३० हुँडाको मुख बस्ने वर्ष २१ का भेडे भन्ने अनिश तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाका सम्बन्धमा जानकारी दिएको छ।

प्रहरीले तामाङलाई नेपाल भारत सिमानानजिक बेलहिया रुपन्देहीबाट २ भदौमा पक्राउ गरी पोखरा ल्याएको कास्कीका प्रहरीले जानकारी  दिएको छ। तामाङ ६/७ महिना अगाडिदेखि पोखरा ३० सिसुवास्थित एक हार्डवयर पसलमा काम गर्दै आएका थिए ।

घटना विवरणअनुसार पक्राउ परेका तामाङले केही मिनेटको फरकमा दुई बैंकको एटिएम फोर्ने प्रयास गरेका थिए । एउटा फोरेर पैसा निकाल्न सफल भएका थिए भने अर्को फोर्ने प्रयास गरेका थिए ।

Write your Comment