जैविक बतनको भिड वा समाजमा उभिएर मानव बन्ने तर्क गरिरहदा मानवताको बारेमा बुझ्न निकै जरुरी देखिन्छ । त्यसैले म पहिले मान्छे कै कुरा गर्दै छु । प्राचीन मानवहरुले लाखौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए अनि त्यसै गरि बिलाए । तर, आधुनिक मानवको एक प्रजाति चन्द्रमामा र मंगल ग्रहको धुलो अध्ययन गर्ने कसरी भए ? विगत ७० हजार बर्षदेखि अहिलेको पृथ्वीमा निरन्तर कब्जा जमाउदै आईरहेको मानव जाति भविष्यमा पनि यति नै प्रभावशाली रहिरहला त ? वा ऐतिहासिक क्रमिक विकासको दौड उसले जसरी हिजो अरुलाई पछार्यो त्यसैगरी आफू पनि पछारिएला ? उसलाई पछार्ने को हुन सक्ला ?
हुन त विगतदेखि वर्तमान सम्ममा संसारका सबैखाले मान्छेका समाज र सोच परिवर्तन हुदै गईरहेका छन् । विश्वमा मान्छे आज विज्ञान र प्रविधिका हिसाबले र उत्पादनका हिसाबले निकै अघि बढे । बडे बडे चुनौतीसाग सजिलै सामना गर्न सक्ने पनि भए । अनेक कामको खोजीमा तल्लीन रहे जसका कारण अनेक खालका आविष्कारहरु समेत क्रमशःहुदै गए ।
कल्पना शीलतामा आधारित भएर मानवले विभिन्न मिथकहरु, कथाहरु र नियमहरुको पनि निर्माण गर्दै आए । वस्तुगत रुपमा कतै नभेटिने तिनै मिथकहरु जस्तै धर्म, पैसा, राज्य, ठुला कर्फोरेशन, संविधान, मानव अधिकार समयक्रममा यति शत्तिशाली भैदियो कि त्यसमा ठूलो संख्यामा मानवहरुले विश्वास गर्न थाले । त्यसले गर्दा अरबौं संख्या हुदा पनि मानवहरुवीच एक अर्कामा लचिलो सहकार्य र सहयोग संभव भयो जुन अन्य प्रजातिमा संभव भएन । लाखौं करोडौंको संख्याका मानववीच सम्भव हुने सहकार्यको कारण एकल रुपमा अन्य जनावरभन्दा निरिह र कमजोर भएता पनि सामुहिक रुपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो भन्ने मलाई लाग्छ ।
यस्तै अनेकौ भ्रमहरुको खेती, निरन्तर आविष्कार र प्रयोगले मानव प्रजातिलाई अन्य प्रजाति भन्दा भिन्न बनायो । (एक बैज्ञानिक हरारीले भन्छन् एक काइायो केरा बोकेर बसेको चिम्पाञ्जीलाई अर्को चिम्पाञ्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउादा होस् वा तिमीले बोकेको केरा ऊ त्यहााको ढुंगामा लगेर चढाऊ यदि नचढायमा तिमी मरेपछि स्वर्ग जान पाउदैनौं भनेर डरधम्की देखाउादा न त उसले पैसा संग केरा नै दिन्छ न त स्वर्गको लोभमा केरा नै चडाउछ । उसले त्यस्ता कूराको वास्ता नै गर्दैन किनभने उसको नजरमा ढुंगा भनेको भौतिक वस्तु मात्रै हो ।”) तर, मानवको अदभुत क्षमता के भैदियो भने उसले प्रत्येक ढुंगामा कथा बुन्न सक्छ र आफुजस्तै अरुको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुंगाका नाममा आफूसाग भएका प्रिय वस्तुहरुको त्याग गराउन सक्छ ।
कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफू जस्तै अरुलाई दिनभरि काममा जोताउन सक्छ । अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठााउमा भए पनि कागजको टुक्रा वा ईसाराको भरमा पेट पाल्न सक्छ, बाच्न सक्छ । त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरै पछि आएको मानवले शहर बनायो, चिम्पाञ्जीले सकेनन् । त्यसैले त आज मानव निर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पाञ्जीहरु कैद भए । सायद एक लाख बर्षअघि त्यो कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो होला, किनभने एकल चिम्पाञ्जी एकल मानवभन्दा कयौं गुणा शक्तिशाली हुन्छ । तर पनि हाम्रो नेपाली समाजलाई गहिराईमा गएर अध्ययन गर्ने हो भने यो समाज खासै परिवर्तन भएको मान्न सकिदैन । हिजो जीवन यापनको लागि धेरै उपकरणहरु थिएनन् । तर आज पहिले भन्दा केहि मानबिय उपकरणहरु त बने अनि उपयोग पनि भएका छन् , यसैलाई समाज परिवर्तन भन्न मिल्ने हो भने बेग्लै कुरा तर वास्तविक समाज परिवर्तन भएको छैन, हिजो जहा थियो आज नि त्यही छ । पहिले विद्यालयहरु थिएनन् । अक्षर पढ्ने अवसर थिएन । लेख्ने मौका थिएन । आज देशै भरि विद्यालय, कलेजहरु छन् । पढ्ने पढाउने ब्यबस्था राम्रै छ ।
देशमा पढेलेखेका मान्छेहरुको संख्यापनि बढेकै छ फेरि पनि पढेलेखेका मान्छेको संख्या बढ्दैमा समाज परिवर्तन भएको भन्ने हो भने फरक कुरा, होइनभने आज पनि एक नेपाली नागरिक साघुरो विचारको घेरा भित्र थुनिएकै छ । नाथे कोरोना भाईरसको कारण बिश्व ठप्प भैरहेको छ । सन् २०१९ देखि सुरु भएको भाईरस केहि समय सुसुप्त रहे पनि पुनः आक्रान्त बनाईरहेको छ आज तेस्रो बर्ष सम्म आउदा पनि तथ्य सहित यसै हो भनेर कसैले भन्ने आट नै गर्न सकेका छैनन् । एकले अर्कोलाई दोसारोपण र बिधोंशकारी देख्ने मानव तिन पत्रे मास्क र अल्कोअलिक केमिकल यूत्त झोलमा झिनो आसासहित बिच्छिप्त हुदै एक्लै बाच्ने प्रयासमा देखिन्छ ।
देशमा पढेलेखेका मान्छेहरुको संख्यापनि बढेकै छ फेरि पनि पढेलेखेका मान्छेको संख्या बढ्दैमा समाज परिवर्तन भएको भन्ने हो भने फरक कुरा, होइनभने आज पनि एक नेपाली नागरिक साघुरो विचारको घेरा भित्र थुनिएकै छ ।
शिक्षित होस्, अशिक्षित होस् वा दिक्षित भन्न मिल्ने खालका मानिस किन नहुन्, बिकराल कुसंस्कारको जालोभित्र लपेटिएकै छन् । नेपाली समाजमा कानुनी हिसाबले बन्देज लगाइएको भए पनि आन्तरीक रुपमा जातभातका कुराले मान्यता पाएकै छन् । सम्पतिका हिसाबले आफू धनी बन्न अरुलाई गरीब बनाउने खेलमा ब्यापक सक्रिय भएकै छन् ।
मैले बुझेको कुरा के हो भने, आर्थिक भ्रष्टाचारले देशलाई कुाजो बनाउाछ, र दुनियााको अगाडि नतमस्तक भएर बाच्नुपर्ने बनाउछ । अब जहा सम्म सवाल हाम्रो नेपाली नागरिक समाजको छ, समाजका गनिएका मानिएका र पढे लेखेका मानिसहरु नै आर्थिक भ्रष्टाचारको जालोमा चुर्लुम्म डुबेको देखिन्छ । आजको दिन सम्म पनि हेर्ने हो भने हाम्रो देशभरिका जेलहरुमा आर्थिक भ्रष्टाचार काण्डमा जति पनि थुनिएका छन् ती अपवादलाई छाडेर सबै पढेलेखेका र गनिए मानिएका मानिस नै छन् । हाम्रो समाजका अधिकांस मानिसहरु कति सम्म नक्कली काम गर्न अभ्यस्त छन् भन्ने कुरा बुΣन हामिलाई केहि कठिन छैन । कमजोर र कम बुझेका आफन्त वा दाजुभाई कै जग्गा पैत्तृक सम्पत्ति समेत छलछाम विद्याद्वारा कब्जा गर्ने कोसिस गर्छन्, अझै समाजका अन्य टाठाबाठाहरुले औंलो नउठाउन् भन्ने उद्देश्यले तिनै टाठाबाठाहरुको नेतृत्वमा सञ्चालित स्कुल र मन्दिरलाई चर्चा लायक रकम चन्दा दिन समेत भ्याउछन् । एकातिर समाजसेवी बन्न पनि पाइने अर्कोतिर कमजोरको धन सजिलै पचाउन पनि पाइने । यो खालको खेल समाजका कुनाकाप्चामा आजपनि निर्धक्क खेलिएको देख्न सकिन्छ । कमजोर लुटिएको लुटियै छन् भने नक्कली समाजसेवीहरु छातीमा नाङ्ला जत्रा ब्याच झुण्ड्याएर भाषण ठोकिरहेका पनि छन् । यो क्रमले निकै लामो समयदेखि निरन्तरता पाइरहेको छ हाम्रो समाजमा ।
दुनियाा मुलुकहरु अनेकौं सिर्जनशील काममा ब्यस्त छन् तर हाम्रो देशमा आज पनि काम गरेर खादा इज्जत जान्छ भन्ने मान्छेहरु को संख्या हजारमा होइन, लाखमा छ । कामगर्न पर्छ भन्ने चेत त सबैमा छ तर काम गर्ने जागर धेरैमा छैन । सबैलाई जागिर चाहिएको छ काम होईन जहा बिना परिश्रम धनको बृष्टि होस् अनि त्यसैको माध्यमबाट सुख सयलमा बाच्न सकियोस् । उमेर पुगेका र पाका पुरुषहरु मात्रै होइन, कतिपय सरकारी जागिरबाट सेवा निवृत्त भएकाहरु समेत समाजलाई धमिलो बनाउदै आफ्नो अनुकुल बनाउन कम्मर कसेर लागेका भेटिन्छन् । यिनलाई पेन्सन दिएको सेवा बापत हो । सेवा बापत अशक्त अबस्थामा बााच्न कठिनाइ नहोस् भन्ने उद्देश्यले हो तर सरकारले पालिदिएको अबस्थामा कम्तिमा कुनै पनि समाजसेवामा आफूलाई ब्यस्त राख्नु पर्नेमा सरकारी मानो खाएर समाजलाई धमिलो पार्ने काममा लाग्नुलाई उदेकलाग्दो अबस्था बाहेक अरु सब्द मैले भेट्दै भेटिन । पेन्सन लिने सबका सब यस्तै हुन् भन्दा अन्याय हुन सक्छ तर बहुसंख्यक सरकारी सम्मान स्वरुप पेन्सन लिनेहरुले देश र जनताको लागि बाकी जीवन प्रयोग गरेको देखिदैन ।
अब कुरा गरौ आधा संसार ढाकेका महिलाहरुको । अपवादलाई छाडेर आजपनि समाजका बहुसंख्यक महिलाहरु सााझ बिहान जसोतसो ढिाडो भात पकाउने काममा मात्र ब्यतित हुनेगर्छन्, बााकी समय पूरै खेर फालिरहेका छन् । अरु महिलाको नकारात्मक टिप्पणी गरेर वा आˆनो फूर्तिफार्तीका कुरा गरेर जुनी काटिरहेका छन् । केही समय अघि सम्म भारतीय टेलिसिरियल हेरेर जुनी काट्थे तर हिजो आज मोबाइलमा फेसबुक, युट्युब र टिकटकमा मुन्टो जोतेको जोत्यै गरेर दिन काट्छन् । यस्तो खालको सामाजिक परिवर्तन खाजिएको होर हामिले ?
सबैजना जन्मादा एकनासले शुद्र हुन्छन् । पछि गरिने कर्मका आधारमा मान्छेको पहिचान बदलिन सक्छ । उमेर संगै कसैले आफूलाई मानव लगायतका प्राणी र जगतको हितमा समर्पित् गर्छ भने त्यो ब्राहृमण हो । विचारमा शुद्धता ल्याएर समाज सुधारको मार्गमा हिाड्दै प्रेरित गर्दछ भने त्यो उत्तम मानव हो । तर विपरित तवरबाट मानव मूल्य र मान्यता विरुद्ध समाजलाई प्रदुषित गर्ने काममा जो कोही लाग्छ भने आफ्नो थरको पछाडि कसैले कुनै उच्च ब्राहृमण परिवारमा जन्मिएको बताएपनि उ तल्लो तहको निकृष्ट मान्छे हो भन्ने मैले ठहर गरेको छु ।
उत्पादनसिल र आविष्कार युवाहरुले नै गर्ने हो । युवाको मेहनत र सिर्जनसिलताले नै समाजलाई सन्तुलित राख्न सक्छ । बृद्धबृद्धाहरुलाई सुरुवाती चरण देखि हाल सम्म मानव समाजलाई स्थापितगर्न सेवा गरेबापत वा युवालाई हस्तान्तरण गरेबापत पुरस्कार स्वरुप सम्मान सहित पालन पोषण गरिनुपर्छ । बच्चाको भविष्य हुन्छ, युवाको वर्तमान हुन्छ । यसरी जुनकोणबाट हेर्दा पनि समाज परिवर्तनमा युवाको नै महत्व धेरै देखिन्छ ।
हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । यसैले आजको पुस्ता भनेको इतिहासमा सर्वाधिक महत्वपूर्ण योगदान प्रदान गर्ने सुयोग्य पुस्ता पनि हो । आज गरेको योगदानले भविश्यका लागि एक महान् अवसरको सृजना गर्ने छ ।
हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् ।
कुनै न कुनै बखतमा जो कोहि बाट बिभिन्न भौतिक बिकास वा बिलासिताको अभिलासाको दुरुपयोग बाट हुन सक्छ विश्व मानवलाई नोबेल कोरोना भाइरस (कोभिड—१९) ले लखेटिरहेको छ । पहिलो, दोस्रो र तेस्रो चरण हुदै यसले बिभिन्न स्वरुप परिवर्तन गर्दै बिश्व भ्रमणमा संसारकै उत्कृष्ट ठहराईएका मानवलाई समेत थिलो थिलो बनाईरहेको छ ।
संसारका मै हुँ भन्ने धेरै देशहरु पनि थला परिसके आफुलाई निकै शक्तिशाली र धनी ठान्ने मध्येको एक राष्ट्र संयुत्तराज्य अमेरिका समेतले उक्त भाइरसलाई पराजित गर्न सकिरहेको छैन भने हामि त धेरै कोणबाट कमजोर नै छाौ, कम्तिमा यस्तो डरलाग्दो अबस्थामा हरेक नेपाली बीच एकता हुन जरुरी छ । त्यही एकताको बलमा कोरोनाबाट बचेर आर्थिक र सामाजिक ब्यबस्थापन कसरी ठीक राख्ने छलफल र बहस गर्न पर्ने होइन र? हरेक तह बाट उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरि एकता बद्ध हुन पर्ने होइन र? तर दुर्भाग्य आज पनि नेपाली नेपाली बीच आत्मीय एकता नभएको मात्रै होइन, राज्य शत्ति नै केहि नभएको भान गर्दै आफ्नो आफ्नो स्वर्थमा लिप्त रहनु हाम्रो लागि निकै दुर्भाग्य हो । हरेक कुरामा हठ, गुट र स्वार्थिय राजनिति गर्दे बिरोधमा उत्रिने अभ्यासले समाज लाई कता लगिरहेको छ ।
समाज परिवर्तनको चाहना राखेर मात्र त पक्कै हुदैन । सर्वप्रथम त आफू परिवर्तन हुन जान्नुपर्छ । अनि मात्र समाजको परिवर्तन हुन्छ । आफूलाई परिवर्तनको सम्भावक मान्नेहरु परिवर्तनको पक्षमा चालिनुपर्छ । अनि तब मात्र मानव सहितको समाज बन्ने छ र हामि मानव भएको सार्थकता हुने छ ।