काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने जानकारी गराए । हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गर्नुपर्ने र त्यस्ता उद्योगलाई आवश्यक परे सहुलियत दिईने बताए।